Main News

प्रदेश १ मा कोरोनामुक्त हुनेको संख्या उच्च, १ दशमलव शुन्य प्रतिशतको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २३ गते १२:५४
प्रदेश १ मा कोरोनामुक्त हुनेको संख्या उच्च, १ दशमलव शुन्य प्रतिशतको मृत्यु

२३ भदौ, २०७७, विराटनगर । प्रदेश १ मा हालसम्म ४ हजार एक सय ७७ जनामा कोरानो भाइरस संक्रमण देखिएकोमा ४५ दशमलव ३६ प्रतिशत कोरोनामुक्त भई घर फर्किएका छन् ।

कोरोनामुक्त हुनेहरु ३ सय ९३ महिला र १ हजार ५ सय २ जना पुरुष छन् । सरकारी तथ्याङक अनुसार एक दशमलव शुन्य दुई प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्मका संक्रमितमध्ये ५३ दशमलव ६० प्रतिशतको प्रदेशभरिका विभिन्न आइसोलेसन केन्द्रहरुमा उपचार भइरहेको छ । प्रदेश १ मा कोरोनामुक्त भई फर्किनेको संख्या सबैभन्दा बढी मोरङमा ७ सय ७६ जना रहेको छ । जसमा २ सय ८ महिला र ५ सय ६८ जना पुरुष रहेका छन् ।

सुनसरीबाट हालसम्म ६० महिला र २ सय ७६ पुरुष गरी कुल ३ सय ३६, झापाबाट ६९ महिला र ३ सय ९० पुरुष गरी ४ सय ५९, ईलामबाट ६ महिला र ८० पुरुष गरी ८६ जना कोरोनामुक्त भएका छन् ।

यस्तै ताप्लेजुङबाट १ महिला र ६ पुरुष गरी ७ जना तथा पाँचथरबाट २ महिला र १२ पुरुष गरी १४ जना संक्रमणमुक्त भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भदौ २२ गतेसम्म धनकुटाबाट २ महिला र १८ पुरुष गरी २० जना, तेह्रथुमबाट १ महिला र ७ पुरुष गरी ८ जना, संखुवासभाबाट ८ पुरुष, खोटाङबाट ३ महिला र १० पुरुष गरी १३ जना, उदयपुरबाट ३२ महिला र ८१ पुरुष गरी १ सय १३ जना, भोजपुर र सोलुखुम्बुबाट ७–७ पुरुष, ओखलढुङ्गाबाट १७ पुरुष तथा प्रदेश १ बाहिरका ९ महिला र १५ पुरुषसहित २४ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश १ मा बाँकी २ हजार २ सय ३९ जना कोरोना संक्रमित भने सम्बन्धित आइसोलेसन केन्द्र तथा होम आइसोलेसनमा रहेका छन् । प्रदेश १ मा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमबारसम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *