Main News

कोरोना संक्रमणबाट नेपालका विभिन्न स्थानमा थप तीन जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २३ गते १२:४६
कोरोना संक्रमणबाट नेपालका विभिन्न स्थानमा थप तीन जनाको मृत्यु

२३ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा अर्घाखाँची, रुपन्देही र बाराका एक एक जना पुरुष छन ।

नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा अर्घाखाँचीका एक जना टिपर चालक पुरुषको मृत्यु भएको छ ।

४२ वर्षीय ती पुरुष भदौ ११ गते अस्पताल भर्ना भएका थिए। यूनिभर्सल मेडिकल भैरहवामा उपचारका क्रममा भदौ ४ गते परीक्षण गर्दा उनमा संक्रमण देखिएको थियो ।

त्यस्तै वीरगञ्जको नारायणी अस्थायी हेल्थ केयर कोरोना अस्पतालमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गन्जभवानीपुरका एक पुरुषको ज्यान गएको छ । साउन १४ गते संक्रमण पुष्टि भएका ६० वर्षीय ती पुरुषको एक महिनादेखि उपचार भैरहेको थियो ।

उता रुपन्देहीको गैडहवा गाउँपालिका बकौलीका ५० वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । गैडहवामा एक हप्ताअघि ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *