Main News

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु, २९ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ २३ गते ८:०६
वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु, २९ जना संक्रमित थपिए

२३ भदौ, २०७७, पर्सा । वीरगञ्जको नारायणी अस्थायी हेल्थ केयर कोरोना अस्पतालमा एक महिनादेखि उपचाररत एक जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गन्जभवानीपुर निवासी ६० वर्षीय पुरुषको उपचारको क्रममा गएराती मृत्यु भएको हो । साउन १४ गते कोरोना पुष्टि भएपछि ती पुरुष कोरोना अस्पतालमा भर्ना भएका थिए ।

पहिलो दिनदेखिनै उनको नारायणी अस्थायी वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाकारी दिनुभयो । डा चौरसियाका अनुसार मृतकमा मधुमेहको समस्या थियो ।

यसैबीच वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५८० जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा चौरासियाले जानकारी दिनुभयो ।

पछिल्लो परीक्षणमा पर्साका १३, बाराका ९ र रौतहटका ७ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *