Main News

कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु, ९७९ जना नयाँ संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ २२ गते १६:३७
कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु, ९७९ जना नयाँ संक्रमित थपिए

२२ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन जनासहित देशभर ११ जनाको मृत्यु भएको हो । काठमाडौंमा मृत्यु हुने तीनै जना महिला छन् ।

उनीहरु ९०, ८३ र ३७ वर्षका रहेको मन्त्रालयले जनाएको छ । यसैगरी सिरहामा दुई जना ८७ र ६२ वर्षीय पुरुष छन् । यस्तै मोरङमा ७६ वर्षीय पुरुषको ज्यान गएको छ ।

त्यस्तै मकवानपुरका ३९ , सर्लाहीका ३५ पुरुष र बाँकेका ५९ वर्षीय पुरुषको ज्यान गएको छ । कास्कीका ६३ वर्षीया महिलाको ज्यान गएको छ ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले काठमाडौंमा सबैभन्दा धेरै दुई सय ९३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यस्तै ललितपुरमा २० र भक्तपुरमा १३ जना थपिएका छन् ।

यसैगरी मकवानपुरमा ७३, सुनसरीमा ६५,धनुषामा ४४, सिरहामा ४१, कास्कीमा ३० काभ्रेपलाञ्चोकमा २८ जना संक्रमित थपिएका छन । थप एक हजार ७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ। पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको छ। हाल ४ हजार ७ सय ३९ जना क्वारन्टिनमा छन्।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।

देशभर २० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *