Main News

कोरोना संक्रमणबाट मोरङमा २, बाँकेमा १ र पर्सामा १ सहित थप चार जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २२ गते १२:४७
कोरोना संक्रमणबाट मोरङमा २, बाँकेमा १ र पर्सामा १ सहित थप चार जनाको मृत्यु

२२ भदौ,२०७७ काठमाडौं । कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । मोरङमा २ तथा पर्सा र बाँकेमा एक एक जनाको मृत्यु भएको हो ।

कोरोनाबाट कोशी अस्पताल कोभिड नाइन्टिन उपचार केन्द्र विराटनगरमा विराटनगर महानगरपालिका(१० का ७६ वर्षीय पुरुषको बिहान मृत्यु भएको छ । भदौ ११ गते संक्रमण पुष्टि भएका उनी १० दिनदेखि होम आइसोलेशनमा थिए ।

उच्च रक्तचापको समस्या र श्वासप्रश्वासमा कठिनाई भएपछि थप उपचारका लागि हिजो भर्ना भएका उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

यस्तै विराट मेडिकल कलेजमा बुढिगँगा गाउँपालिका(४ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ। उच्च ज्वरो, निमोनिया र उच्च रक्तचापको समस्या रहेका उनी भदौ १९ गते अस्पतालमा भर्ना भएका थिए । आइतबार दिउँसो मृत्यु भए पनि कोरोना रिपोर्ट साँझ मात्र आएको थियो ।

त्यस्तै बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका(९ का ५९ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मृतक पुरुष मुटु र मधुमेहका रोगी थिए । भदौ १५ गते कोरोना पुष्टि भएपछि उनी तीन दिन सेल्फ आइसोलेसनमा बसेर अस्पताल भर्ना भएका थिए ।

यस्तै पर्साको वीरगञ्जमा सर्लाहीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । उनको ८ दिनदेखि प्लाज्मा थेरापीबाट उपचार भइरहेको थियो । सर्लाहीको चकरघट्टा गाउँपालिका(३, सुन्दरपुरका ३५ वर्षीय पुरुषको उपचारका क्रममा हिजो मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्ववासमा समस्या देखिएपछि उनी भदौ १३ मा नारायणी अस्पताल गएका थिए । भदौ १४ मा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा गम्भीर किसिमको कोरोना संक्रमण रहेको चिकित्सकले बताएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *