Main News

महिला उद्यमी परिषद्ले खुवायो भोकालाई भोजन

हिमालय टिभी
२०७७ भदौ २१ गते १३:४३
महिला उद्यमी परिषद्ले खुवायो भोकालाई भोजन

२१ भदौ। २०७७ काठमाडौं । कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपालले निशुल्क खाना वितरण गरेको छ ।

अभावका कारण हातमुख जोर्न समस्या परेकाहरुलाई काठमाडौँका विभिन्न ठाउँमा खाना खुवाएको परिषद्ले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको निषेधाज्ञा र त्यसबाट सिर्जना भएको आर्थिक संकटमा परेकाहरुलाई खाना वितरण गरिरहेको परिषदका सदस्य नीता पौडेलले जानकारी दिनुभयो ।

आजै मानव अधिकारका लागि महिला समूहले काठमाडौंको हात्तीगौंडामा पनि दाल चामल र नुन वितरण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *