Main News

कोरोना संक्रमणबाट विदेशमा थप पाँच जना नेपालीको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २१ गते १३:३३
कोरोना संक्रमणबाट विदेशमा थप पाँच जना नेपालीको मृत्यु

२१ भदौ, २०७७ काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले नेपाल बाहिर यस साता थप ५ जनाको मृत्यु भएको जनाएको हो ।

यस साता मृत्यु भएका सबै युएईका हुन्। शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या दुई सय पुगेको छ ।

त्यस्तै यस साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै जापान, अष्ट्रेलिया कतार लगायतका देशमा संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।

संघले हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *