यसरी उजाडियो एउटा परिवार, कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

२१ भदौ, २०७७, विराटनगर । कोरोना भाइरस संक्रमणका कारण विराटनगरको एउटा परिवार नै उजाडिएको छ ।
एक महिनाको अवधिमा एकै परिवारको तीन जनाको कोरोनाका कारण मृत्यभएपछि परिवार नै उजाडिएको हो ।२८ दिनको अन्तरालमा एकै परिवारका दुई छोरी र बुबाको संक्रमिणका कारण मृत्यु भएको हो ।
विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाख प्रमुख रमेश कार्कीका अनुसार विराटनगर–११ का ७० वर्षीय वृद्धको साउन २३ गते घरमै निधन भयो ।त्यससँगै उनको निधन भएको २८ दिनभित्र कोरोनाबाट संक्रमित बनेका दुई छोरीको पनि मृत्यु भएको छ ।
करिब एक महिनाभित्रमा एउटै परिवारका तीन जनाले ज्यान गएको प्रमुख कार्कीले बताउनुभयो।
वृद्धको मृत्यु भएको २० दिनपछि भदौ ९ गते राति ४० वर्षीया छोरीको पनि मृत्यु भएको थियो । त्यसैगरी कान्छी छोरी बितेको १० दिनपछि वृद्धकी ४३ वर्षीया जेठी छोरीको पनि शुक्रबार साँझ मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका ४० र ४३ वर्षीया दुवै जनाको मृत्यु उपचारका क्रममा भएको हो ।
बाबुको मृत्यु संस्कारको काममा बसेकी ४० वर्षीया छोरीमा कामकै बीचमा ज्वरो आउने, छाती दुख्ने लगायत समस्या देखिएको थियो ।
परिवारनै दुःखमा रहेका कारण त्यो समयमा प्रभावकारी उपचार अभावमा उहाँलाई निमोनिया देखिएको थियो । स्वास्थ्य समस्या निकै जटिल बनेपछि अन्तिम अवस्थामा विराट शिक्षण अस्पतालमा पुराइएकी उनको उपचारका क्रममा भदौ ९ गते मृत्यु भएको हो ।
त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनकै ४३ वर्षीया दिदीको पनि शुक्रबार साँझ मृत्यु भयो । पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले संक्रमित महिलालाई थप उपचारका लागि प्रतिष्ठान पठाएको थियो । मृत्यु भएका सबैमा कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया