Main News
चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु
२०७७ भदौ २१ गते ९:४०
२१ भदौ, २०७७, चितवन । चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय पुरुषको आज बिहान ८ः०३ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
योसँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
प्रतिक्रिया