Main News

बारा, पर्सा, धरान र चितवनमा थप १२४ जना कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ २१ गते ७:४८
बारा, पर्सा, धरान र चितवनमा थप १२४ जना कोरोना संक्रमित थपिए

२१ भदौ, २०७७, काठमाडौं । चितवन, बारा र पर्सामा गरिएको परीक्षणमा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुरस्थित भरतपुर अस्पताल कोभिड – १९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा चितवनका ३० सहित थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३० र अन्य ४ जना गरी जम्मा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । तीमध्ये ११ जना महिला र १८ जना पुरुष छन् । संक्रमित महिलाहरुको उमेर १० बर्षदेखि ५० बर्ष रहेको छ भने पुरुषहरु १० बर्ष देखि ६६ बर्ष उमेर समुहका छ्न् । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्रबाट स्वाब संकलन गरिएको जनाइएको छ ।

यस्तै थप संक्रमितहरुमा पूर्वी चितवनको राप्ती नगरपालिकाका ३४ बर्षका एक जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । चितवन बाहिर नवलपुर कावासोतीका २ जना महिला , बुलिङटारका १ जना पुरुष र कास्की पोखराका ३० बर्षका पुरुषसमेत कोरोना संक्रमण भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् । प्रयोगशालामा शनिबार १३४ नमूना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै बैंकका कर्मचारीसहित बारा पर्सामा २६ जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा २६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ५१० जनाको पीसीआर परीक्षण गर्दा २६ जनामा कोभिड–१९ पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेशकुमार चौरासियाले जानकारी दिनुभयो ।

पछिल्लो परीक्षणमा पर्साका २४ र बाराका २ जना जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये महिला ५ र पुरुष २१ जना रहेका छन् भने संक्रमित हुनेमा १६ वर्षीय ६४ वर्षका रहेका छन् । संक्रमित हुनेमा बारा जिल्लाको महागढीमाई नगरपालिकाका दुई जना पुरुष, वडा नं ४ का ४० वर्षीय र वडा नं १ का २३ वर्षीय रहेका छन् ।

यसैगरी पर्सामा नबिल बैंकका ५ जना, वीरगञ्ज महानगरपालिका १५ मा कृषि औजार कारखानाका सशस्त्र प्रहरी दुई जना कोरोना संक्रमित थपिएका हुन् ।

पर्साको ग्रामीण भेगमा कालिकामाई गाउँपालिका वडा नम्बर ४ मा ५३ वर्षीय पुरुष एक जना र जगरनाथपुर गाउँपालिकामा वडा नम्बर ५ मा १६ वर्षीय किशोरी एक जना गरी पर्सामा २४ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी धरानमा एकै पटक ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा २ जना प्रहरी र अन्य फुस्रेस्थित आर्मी क्याम्पका सेना, उनीहरुका परिवार छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार २ जना इलाका प्रहरी कार्यालयका प्रहरी छन् ।

बाँकी सबै फुस्रे आर्मी क्याम्पमा सेना, तिनका परिवारहरु हुन् । आर्मी क्याम्पका २ बर्षका बालिकासहित ६२ जनामा संक्रमण देखिएको मेहताले बताउनुभयो।

दुईदिन अघि धरानमन ११ जना नेपाली सेनासहित १९ जना कोरोना संक्रमित देखिएको थियो।धरानको फुस्रेस्थित आर्मी क्याम्पका ११ जना सैनिकहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै, ५ जना भारतीय सैनिकहरुमा पनि संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *