Main News

रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २० गते ७:३३
रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

२० भदौ, २०७७, बुटवल । रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।

दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. गौतमले जानकारी दिनुभयो ।

योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *