Main News

दैनिक १८ हजारभन्दा बढी कोरोना परीक्षण गर्न सकिन्नः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

हिमालय टिभी
२०७७ भदौ १९ गते १८:५७
दैनिक १८ हजारभन्दा बढी कोरोना परीक्षण गर्न सकिन्नः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

१९ भदौ, २०७७ काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक १८ हजारभन्दा बढी कोरोना परीक्षण गर्न नसकिने प्रष्ट पारेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा प्रयोगशालाका निर्देशक रुणा झाले नेपालमा दैनिक २३ हजार जनाको पीसीआर परीक्षण क्षमता भए पनि १८ हजारभन्दा बढी परीक्षण गर्न समस्या हुने बताउनुभयो ।

८ निजीसमेत गरी ४८ वटा प्रयोशालाबाट दैनिक १८ हजारसम्म परीक्षण गर्न सकिने उहाँले बताउनुभयो ।

स्वाब नमूना प्रयोगशालामा आएको ३८ देखि ४८ घण्टासम्म सामान्यतया रिपोर्ट आउने भएपनि तत्काल परीक्षण गर्नैपर्ने र २, ३ दिनपछि पनि परीक्षण गर्दा हुने स्वाव सँगै आउँदा केही समस्या हुने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार रिपोर्ट पोजेटिभ आएकाहरुलाई ट्रेसिङ नगरी तत्काल रिपोर्ट दिदाँ व्यवहारिक समस्याहरु आउने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *