Main News

नेपालमा १३५९ जना कोरोना संक्रमित थपिए, थप १४ जनाको मृत्यु, निको हुनेको संख्या बढ्दो

हिमालय टिभी
२०७७ भदौ १९ गते १६:३६
नेपालमा १३५९ जना कोरोना संक्रमित थपिए, थप १४ जनाको मृत्यु, निको हुनेको संख्या बढ्दो

१९ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौं, चितवन, सप्तरी, धनुषा, नवलपरासी, रुपन्देही, पाल्पा लगायतका जिल्लाका ४ महिला र १० जना पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमण समुदायस्तरमा फैलिएसँगै मृत्युदर पनि बढेको छ । यो एक हप्तामा मात्रै कोरोनाबाट ६५ जनाको ज्यान गइसकेको छ ।

त्यसैगरी नेपालमा आज एकैदिन अहिलेसम्मकै धेरै १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ४ सय ५४ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । पछिल्लो पटक एकै दिन भेटिएको संख्या
संक्रमण शुरु भएयताकै धेरै हो ।

काठमाडौंमा आज ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएका छन् । चितवनमा ८२, सर्लाहीमा ८० तथा मोरङमा ७६ जना नयाँ संक्रमित भेटिएका छन् ।

बढी संक्रमित हुने संख्याका आधारमा विश्वमा ५८ औं स्थानमा उक्लिएको छ । पछिल्लो पटक थप १३ सय ५४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ । गत २४ घण्टामा १३ हजार ६ सय ३८ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल १८ हजार ७०४ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी होम आइसोलेशनमा ७ हजार ४ सय ६२ जना रहेका छन् भने संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १ हजार ३ सय ५४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म कुल डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।

हाल क्वारेन्टाइनमा ६ हजार ५६१ जना रहेका छन् भने कुल संक्रमित मध्ये ५८ प्रतिशतलाई निको भएको छ । हाल भेन्टिलेटरमा २५ जनाले उपचार गराइरहेका छन् भने आइसीयूमा १५१ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *