Main News

नैकापमा हाइटेन्सन लाइनबाट करेन्ट लागेर एक जनाको मृत्यु भएपछि तनाव (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ भदौ १९ गते १३:५८
नैकापमा हाइटेन्सन लाइनबाट करेन्ट लागेर एक जनाको मृत्यु भएपछि तनाव (फोटो फिचरसहित)

१९ भदौ, २०७७ काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १४ स्थित नयाँ नैकापमा हाइटेन्सन लाइनबाट करेन्ट लागेर एकजनाको मृत्यु भएपछि तनाव भएको छ ।

नैकाप फूटबल ग्राउण्ड नजिकै चन्द्रागिरि युथ क्लवको भवन निर्माण कार्य रोक्न गएका सुरेन्द्र महर्जनको करेन्ट लागेर मृत्यु भएको हो ।

हाइटेन्सन लाइनको मुनि निर्माण कार्य नगर्न स्थानियबासिन्दाले आग्रह गर्दै आएका थिए । तर वडा नम्बर १४ का अध्यक्ष र क्लवका पदाधिकारीले भवन निर्माण गरिरहेको स्थानीयबासिन्दाको आरोप छ ।

आफूहरुको आग्रह नटेर्दा करेन्ट लागेर मानिसको ज्यान गएको भन्दै स्थानीयबासिन्दाले वडा कार्यालय र घरमा घेराउ गरेका छन् ।

स्थानीय बास्न्दिाले भवन बनाउन संलग्नलाई कारबाही र मृतकका परिवारलाई राहतको माग गर्दै प्रदर्शन गरेका हुन् ।

स्थानीयबासिन्दाको प्रदर्शन रोक्न नैकाप क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालान गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *