Main News

रुपन्देहीमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ १९ गते १२:५७
रुपन्देहीमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु

१९ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा आज एकैदिन ३ जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पताल, गौतमबुद्ध मुटु अस्पताल र एक जनाको भैरहवास्थित आफ्नै घरमा मृत्यु भएको हो ।

बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालको आइसीयुमा ७८ वर्षीय पुरुषको बिहान ९ बजे मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्वर ८ मिलनचोकका उनी ९ दिनअघि भर्ना भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।

त्यसैगरी बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत कोरोना संक्रमित ६४ वर्षीय महिलाको मृत्यु भएको छ । भदौ ४ गते उच्च रक्तचाप र मिर्गौलामा गम्भिर समस्या देखिएपछि अस्पताल आएकी भैरहवाकी उनको बिहान साढे आठ बजे मृत्यु भएको हो । उनलाई १६ गतेदेखि भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उपचारकै क्रममा भदौ १६ गते कोरोना संक्रमण देखिएको थियो ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिका वडा नम्वर ८ का ४५ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको लामो समयदेखि डायलासिस भइरहेको थियो ।

भरतपुर अस्पतालमा उपचार गरेर फर्केका उनको परीक्षणको क्रममा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । बुटवल उपमहानगरमा मात्रै ५ जनाको मृत्यु भएको छ ।

यसैबीच, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ स्थित लोमस प्यारेन्टरल एण्ड फरमुलेशन प्रालिका महाप्रबन्धकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

करिव चार वर्षदेखि कम्पनीमा काम गर्दै आएका भारत आन्ध्र प्रदेशका ६५ वर्षीय पिभी नागेश्वर गोस्वामी आफ्नै आवाशगृहमा हिजो मृत अवस्थामा फेला परेका थिए । मृत्युपछि परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *