हिमालय टिभी समाचार प्रभावः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको एसएमएस सेवा स्थगित

१८ भदौ, २०७७ काठमाडौं । राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला टेकुले मोबाइलमा एसएमएस मार्फत पठाउँदै आएको कोरोना परीक्षणको नतिजा सेवा स्थगित गरेको छ।
प्राविधिक समस्याका कारण भन्दै २४ घन्टाका लागि उक्त सेवा बन्द गरेको प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।
कोरोना परीक्षण नै नगरी १ सय ५० जनालाई प्रयोगशालाबाट एसएमएसमार्फत गलत रिपोर्ट गएपछि प्रयोगशालाले हाललाई यो सेवा स्थगित गरेको हो । उक्त एसएमएस प्राविधिक गडबडीका कारण गएको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाले कोरोना परीक्षण गराउन आउनेको परीक्षण रिपोर्ट सम्बन्धित स्वाबको नमूना दिने ब्यक्ति तथा सम्पर्क व्यक्तिको मोबाइलमा पठाउँदै आएको छ ।
गत हप्ता प्रयोगशालाले परस्क्षण नै नगरी १ सय ५० जनालाई कोरोना नेगेटिभ भन्दै एसएमएस पठाएको थियो । तर पछि परिक्षण गर्दा ती मध्ये कतिपयमा कोरोना संक्रमण देखिएको थियो । यस विषयमा हिमालय टेलिभिजन र हिमालय टिभी डट कमले विशेष रिपोर्ट प्रसारण तथा प्रकाशन गरेको थियो।
प्रतिक्रिया