Main News

कोरोनाबाट बच्न विज्ञको सुझावः जनस्वास्थ्य मापदण्ड पालन गरौं (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १८ गते १०:१५
कोरोनाबाट बच्न विज्ञको सुझावः जनस्वास्थ्य मापदण्ड पालन गरौं (भिडियोसहित)

१८ भदौ, २०७७, काठमाडौं । विश्वमा उत्कृष्ट स्वास्थ्य सेवा भएका देशले पनि कोरोना भाइरसलाई जित्न सकिरहेका छैनन् । बैज्ञानिकहरुले कोरोनाविरुद्धको खोप परीक्षण गरिरहेका छन् । नेपालका चिकित्सक भने कोरोना जित्न जनस्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गर्दै आएका छन् ।

विश्वमा कोरोना विरुद्धको खोप परीक्षण भइरहेको छ । खोपमा सफलता मिल्दै गएका खबरले केही आशा पनि जगाएको छ । औषधिनै पत्ता नलागे पनि विभिन्न विधिबाट उपचार हुँदा विश्वभर लाखौँ कोरोना संक्रमित निको पनि भएका छन् । तर कोरोना संक्रमण बढ्दै जाँदा चिन्ता भने थपिँदै गएको छ । अहिले यसबाट बच्न र त्रासको अवस्था कम गर्न जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प छैन ।

देशमा कोरोना संक्रमित बढेसँगै अस्पतालका आइसोलेशन कक्ष भरिएका छन् । कतिपय संक्रमितले अस्पतालमा बेड नपाएर घरमै बस्नु परेको छ । भेन्टिलेटर र आईसियु कक्ष पनि विस्तारै भरिदैछन् । उपचारमा संलग्न चिकित्सकमा नै कोरोना संक्रमण देखिएको छ । अस्पतालको व्यवस्थापन राम्रो नहुँदा, अस्पताल उपचार गर्ने थलो भन्दा पनि जोखिमपूर्ण ठाउँ जस्तै बनेको छ । त्यसैले सावधानी नै अहिलेको सबैभन्दा उत्तम विकल्प हो ।

कोरोनाले हाम्रो दैनिकी जटिल बनाइरहेको छ । हात धुने, दुरी कायम गर्ने, मास्क लगाउने, भिडभाडमा नजाने जस्ता सामान्य कुृराको पालना गर्ने हो भने नै कोरोनालाई जित्न सकिन्छ । तर यसलाई वेवास्ता गर्दा नै नेपालमा भयावहस्थिती निम्तने खतरा बढेको छ ।

व्यवहार परिवर्तन गर्ने र जनस्वास्थ्यको मापदण्ड पालन गर्ने हो भने कोरोना संक्रमण शुन्यमा झार्न खोप र औषधिको भर पर्नु नपर्ने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *