Main News

नेपालमा ११२० जना कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ १७ गते १६:३५
नेपालमा ११२० जना कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

१७ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । देशमा मृतकको संख्या २ सय ५० नाघेको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा मृतक थपिएका छन् । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार उपत्यकासहित चितवन, तनहुँ, बारा, कपिलवस्तु र धादिङका ६ महिला र ६ पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा संक्रमण समुदायमा पुगेपछि हरेक दिन मृतकको संख्या बढिरहेको छ । मृत्यु भएकामा धेरै वृद्धवृद्धा र दीर्घरोगी रहेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

त्यसैगरी नेपालमा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ३ सय ८८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । पछिल्लो पटक काठमाडौंमा ३ सय ५० संक्रमित थपिएका छन् ।

काठमाडौं जिल्लामा मात्रै संक्रमितको संख्या ५ हजार नाघेको छ । यो देशकै बढी हो । ललितपुरमा २९ र भक्तपुरमा ९ जना नयाँ संक्रमित भेटिएका छन् । प्रदेश एक र प्रदेश २ मा आज बढी संक्रमित भेटिएका छन् । मोरङ, सुनसरी, धनुषा, पर्सा र सर्लाहीमा धेरै संक्रमित थपिएका छन् ।

पछिल्लो पटका थप ११ सय १२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ । यो कुल संक्रमितको ५६ प्रतिशत हो । गत २४ घण्टामा स्वाबको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *