Main News

चितवन र पर्सामा गरिएको परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ १७ गते ८:३१
चितवन र पर्सामा गरिएको परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि

१७ भदौ, २०७७, काठमाडौं । चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना र पर्साको वीरगन्जमा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये २८ जना चितवन जिल्लाका छन् । अन्य ७ जना नवलपरासी, धनुषा, रुपन्देही, सिरहा र बाराका रहेका प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिनुभयो ।

चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित थपिएका छन् । यसैगरी चितवनकै रत्ननगर नगरपालिका वडा नम्बर १० मा एक महिला र राप्ती नगरपालिका ९ मा एक महिलामा पनि कोरोना पुष्टि भएको डा अधिकारीले जानकारी दिनुभयो ।

यस्तै नवलपरासीका २ पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ । अन्य संक्रमितहरु धनुषा, रुपन्देही, सिरहा र बाराका छन् ।

त्यसैगरी पर्साको वीरगन्जमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमित थपिएका छन्।

चार सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा बाराका मात्रै थप ५० जनामा कोरोना पुष्टि भएको हो। पर्साका १३ र गण्डक अस्पतालका एक चिकित्सकमा पनि संक्रमण देखिएको छ।

संकलन गरिएका स्वाब नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको हो। अस्पतालका सूचना अधिकारी डा. अतुलेश कुमार चौरसियाका अनुसार ३६ जना पुरुष र २८ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

बाराका संक्रमित अधिकांश कलैया नगरपालिकाका रहेको स्वास्थ्य प्रयोगशालाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *