Main News

धरानमा मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ १६ गते १३:५४
धरानमा मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि

१६ भदौ, २०७७ सुनसरी । निमोनियाबाट मृत्यु भएका सुनसरीको धरान–११ का एक वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार साँझ घरमै निधन भएका वृद्धमा कोरोना संक्रमण रहेको आशंकामा स्वाब संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

वृद्धको स्वाबको रिपोर्ट पोजेटिभ आएको धरान–११ का वडाअध्यक्ष बाबुलाल लामाले जानकारी दिनुभयो । मृतक धरान ११ मंगलबारे चोकदेखि नजिकै भानु मार्गमा डेरामा बस्ने गर्थे । ज्वरो र निमोनिया भएपछि उनको मृत्यु भएको थियो ।

मृत्यु हुनुअघि एक मेडिकल सञ्चालकले घरमा नै पुगेर ब्लड लिएका थिए । ती मेडिकल सञ्चालकले त्यसपछि पनि धेरैलाई औषधि विक्री गरेको पाइएको छ ।

योसँगै धरानमा कोरोना संक्रमित व्यक्तिहरुको मृत्युको संख्या ६ पुगेको छ । यसअघि अन्य ५ जना कोरोना संक्रमण पुष्टि भएर उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *