Main News

चितवन र रुपन्देहीमा एकएक कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ १५ गते १३:१४
चितवन र रुपन्देहीमा एकएक कोरोना संक्रमितको मृत्यु

१५ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट चितवन र रुपन्देहीमा थप एक एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ की ६८ वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले पुष्टि गर्नुभयो ।

भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसैगरी, चितवनको भरतपुर अस्पतालको आइसीयूमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।

भदौ २ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको स्वास्थ्यमा समस्या भएपछि भरतपुर अस्पतालको आइसीयूसहित भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालको कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलले जानकारी दिनुभयो ।

चितवनमा कोरोनाबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । तीमध्ये चितवनका ६ जना, मकवानपुरका ३ जना, बारा, नवलपरासी र गोरखाका १–१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *