Main News

कालीकोटको नाग्ममा पहिरोले घर बगाउँदा मृत्यु हुनेको संख्या ८ पुग्यो, दुई जना बेपत्ता

हिमालय टिभी
२०७७ भदौ १४ गते १९:०६
कालीकोटको नाग्ममा पहिरोले घर बगाउँदा मृत्यु हुनेको संख्या ८ पुग्यो, दुई जना बेपत्ता

१४ भदौ, २०७७, कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका १ नाग्म बजारमा पहिरोमा पुरिएर एकै परिवारका चारसहित ८ जनाको मृत्यु भएको छ ।

अरु दुई जना बेपत्ता भएका छन् । पहिरोमा परी नाग्म बजारका व्यापारी ४० वर्षीय परेक शाही, ५ वर्षीय छोरा निराजन शाही, दुई महिनाको छोरा अक्कल शाही, ७ वर्षीया छोरी हिमा शाहीको ज्यान गएको छ ।

यस्तै ३५ वर्षीय मनवीर कटवाल , ३० वर्षीय टेकबहादुर दमाई, २५ वर्षीय छैनु दमाई र १० वर्षीय गजेन्द्र दमाईको ज्यान गएको ज्यान गएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीका अनुसार परेक शाहीकी श्रीमती पुन्या र स्थानीय अर्जुन हमालको उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

अरु दुई जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । पसलमा आएका ग्राहक पनि पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *