Main News

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २२१ पुग्यो

हिमालय टिभी
२०७७ भदौ १४ गते १८:४१
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २२१ पुग्यो

१४ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा १४ जनाको मृत्यु भएको छ । सुनसरी, महोत्तरी र रुपन्देहीका दुई–दुई तथा ललितपुर, भक्तपुर र सप्तरी, रौतहट, चितवन, पाल्पा, नवलपरासी, काठमाडौ‌ंमा एकएक जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमण भएर पनि घरमै आइसोलेशनमा बसेका भक्तपुर दुधपाटीका ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ। मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो ।

यस्तै पाल्पा घर भई हाल मध्यपुर थिमि नगरपालिका–१, लोकन्थली बस्दै आएका ७७ वर्षका एक पुरुषको पनि लोकन्थलीस्थित समता अस्पतालमा आज दिउँसो मृत्यु भएको छ ।

यसै गरी काठमाडौंकी ७२ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पलतालमा निधन भएको छ ।

ललितपुरस्थित पाटन अस्पतालमा ललितपुरका २९ वर्षका पुरुष र भैरहवाका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी रुपन्देहीका ७६ वर्षीष पुरुषको पनि बुटवलमा कोरोनाबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट आमाछोराको ज्यान गएको छ । धरान उपमहानगरपालिका–१७ रेल्वे निवासी उनीहरु सौतेती आमाछोरा हुन् । धरानका ७४ वर्षीया वृद्धा र अर्का मृतक ६० वर्षीय वृद्ध पुरुष उपचारका क्रममा मृत्यु भएको हो ।

भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका रौतहटका ३० वर्षका पुरुषको वीरगन्जस्थित अस्थायी कोभिड अस्पताल हेल्थ केयरमा उपचारका क्रममा मृत्यु भएको छ । नारायणी अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा सारिएको थियो । यसै गरी बाराका एक जना ४७ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै चितवन मेडिकल कलेजको आइसीयूमा उपचाररत नवलपुरको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको तथा आणसोलेशनमा रहेका भरतपुर महानगरपालिका–११ का ५२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

महोत्तरीको पिपरा गाउँपालिका–७ का ७० वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको जनकपुर अस्पतालका कोरोना फोकल पर्सन डाक्टर जामुन सिंहले जनाकारी दिनुभयो । पछिल्लो पटक मृत्यु भएका चितवन र पाल्पाका दुई जनाको मन्त्रालयले पुष्टि गरेको छैन्। मन्त्रालयले भने अहिलेसम्म २ सय २१ जनाको मृत्यु भएको जनाएको छ ।

त्यसैगरी नेपालमा एकै दिन अहिलेसम्मकै धेरै १ हजार २ सय २१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ४ सय २९ जना संक्रमित भएका छन । यो संगै संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ३ सय ४८ महिला र ८ सय ७३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । काठमाडौँमा एकै दिन अहिलेसम्मकै धेरै ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एक सय २ महिला र दुई सय ७० पुरुष छन ।

काठमाडौं पछि आज सबैभन्दा धेरै चितवनमा ९० र बारामा ८२ जना संक्रमित थपिएका छन । धनुषामा ७५, रुपन्देहीमा ६१ जनामा संक्रमण पुष्टि हुँदा तराईकै अर्को जिल्ला मोरङमा ४९ जना संक्रमित देखिएका छन । बझाङमा ४७, पर्सामा ४५, महोत्तरीमा ३७, सर्लाहीमा ३४, सर्लाहीमा ३४ र सुनसरीमा ३३ जनालाई संक्रमण भएको छ ।

यसैगरी सिरहामा २६ तथा काभ्रेपलाञ्चोक र कपिलबस्तुमा २५–२५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपरासी पश्चिममा २१,बाँकेमा १४, ललितपुरमा १२ तथा झापा र डोटी ११–११ जना संक्रमित थपिएका छन ।

मकवानपुरमा ९ तथा पाल्पा र अछाममा ८–८, सप्तरी, गुल्मी, बर्दिया र कैलालीमा ६–६ जनामा संक्रमित थपिएका छन । सिन्धुली, कास्की, गोरखा, दाङ र प्यूठानमा ५–५ तनहुँ र ओखलढुङ्गा ४–४, धादिङ, बाग्लुङ र अर्घाखाँची ३–३ जना थप कोरोना संक्रमित भेटिँदा सिन्धुपाल्चोक,नवलपरासी पूर्व, संखुवासभा, सुर्खेत र दार्चुलामा २–२ जनामा संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा कम रामेछाप, पाँचथर, इलाम र कञ्चनपुरमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घन्टामा १२ हजार ७ सय १७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर १७ हजार ५ सय १८ जना सक्रिय संक्रमित छन्। ७ हजार ७ सय ९७ जना क्वारन्टिनमा छन्। २४ घन्टामा २ सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *