Main News

कालिकोटमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु, तीन जना बेपत्ता

हिमालय टिभी
२०७७ भदौ १४ गते १७:०२
कालिकोटमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु, तीन जना बेपत्ता

१४ भदौ, २०७७, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका १ नाग्म बजारमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

अरु तीन जना बेपत्ता भएका छन । पहिरोमा परी नग्मा बजारका व्यापारी ४० वर्षीय परेक शाही, ५ वर्षीय छोरा निराजन शाही, दुई महिनाको छोरा अक्कल शाही, ७ वर्षीया छोरी हिमा शाहीको ज्यान गएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीका अनुसार परेक शाहीकी श्रीमती पुन्या र स्थानीय अर्जुन हमालको उद्धार गरी उपचारका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

पहिरोमा परी स्थानीय मनवीर कटुवाल, आइती खड्का र खड्काको मासु पसलमा काम गर्ने एक जना बेपत्ता भएका छन । उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । पसलमा आएका ग्राहक पनि पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *