Main News

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, १२२१ जना नयाँ संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ १४ गते १६:३८
नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, १२२१ जना नयाँ संक्रमित थपिए

१४ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भएको हो ।

प्रवक्ता गौतमका अनुसार सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ र काठमाडौंका ७२ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय , रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६५ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

डा. गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

यसैबीच नेपालमा एकै दिन अहिलेसम्मकै धेरै १ हजार २ सय २१ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३४८ महिला र ८७३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा ४ सय २९ सहित पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ जना संक्रमित थपिएको जानकारी दिएको छ । योसँगै कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितको संख्या १७ हजार ५ सय १८ रहेको मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा छ हजार नौसय र संस्थागत आइसोलेसनमा दशहजार ६ सय १२ जना छन ।

पछिल्लो २४ घण्टामा २ सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । अहिलेसम्म २० हजार ८ सय २२ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *