यो साता विदेशमा तीन जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु

१४ भदौ, २०७७ काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
यो हप्ता युएईमा २ तथा बेलायतमा १ जनाको मृत्यु भएको एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
एनआरएनएका अनुसार यो सँगै कोरोनाबाट नेपालबाहिर १ सय ९५ जना नेपालीको मृत्यु भएको छ ।
त्यस्तै दक्षिण अफ्रिका, पोर्चुगल, स्पेन, कतार, साउदी अरब लगायतका देशमा संक्रमण सामान्य वृद्धि भएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा संक्रमणको दोस्रो लहर शुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य बढेको देखिएको छ ।
हालसम्म विश्वका ३८ देशमा रहेका नेपाली कोरोनाबाट संक्रमित भएका छन् । नेपालबाहेक विदेशमा ३४ हजार ७ सय १ जनामा संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।
प्रतिक्रिया