Main News

सप्तरी र पर्सामा थप एकएक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ १४ गते ८:३६
सप्तरी र पर्सामा थप एकएक जना कोरोना संक्रमितको मृत्यु

१४ भदौ, २०७७ काठमाडौं । सप्तरीमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भधने पर्सामा थप एक जना कोरोना संक्रमणबाट मृत्यु भएको छ।

पर्सामा मृत्यु हुनेमा रौतहट गाम्हरिय ३ का ३० बर्षा पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भदौ ११ गते अस्पताल भर्ना गरी स्वाब संकलन गरिएको थियो । भदौ १२ गते उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

संक्रमण पुष्टि भए पछि उनलाई अस्थायी कोभिड अस्पताल वीरगंज हेल्थकेयरमा ल्याइ उपचार गर्ने तयारी हुँदै थियो । उनको उपचारको क्रममा गएराती मृत्यु भएको नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिनुभयो ।

त्यसैगरी सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । राजविराज नगरपालिका २ का ६० वर्षीया महिलाको गएराति उपचारका लागि विराटनगर लग्ने क्रममा मृत्यु भएको हो ।

लामो समयदेखि ज्वरो आइरहेकी ती महिला केही दिनयता राजविराजस्थित निजी क्लिनकमा उपचार गराउँदै आएकी थिइन् । उनको अवस्था गम्भीर भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा भर्ना गरी स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलनको रिपोर्ट शनिबार पोजिटिभ आएको र उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । यो सहित सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *