Main News

काठमाडौंमा गरिब भोकले छटपटाउँदै, मेयर रानीपोखरी डुल्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १३ गते १९:४५
काठमाडौंमा गरिब भोकले छटपटाउँदै, मेयर रानीपोखरी डुल्दै (भिडियोसहित)

१३ भदौ, २०७७ काठमाडौं । लगातारको निषेधाज्ञाका कारण काठमाडौंमा गरिब नागरिकलाई हातमुख जोड्न धौ धौ पर्न थालेको छ । दैनिक काम गरेर बिहान बेलुकाको छाक टार्नेको चुल्होमा आगो बल्न छाडेको छ ।

लकडाउनका बेलामा नागरिकले पाएको दुःखलाई नजिकबाट देख्यौं त्यसैले निषेधाज्ञामा कोही भोकै पर्दैन भनेर आश्वासन दिनेहरु अहिले अनावस्यक काममा बरालिएका छन् ।

काठमाडौंमा निषेधाज्ञा सुरु हुनु अघिल्लो दिन काठमाडौं महागरपालिकामा मेयर विद्यासुन्दर शाक्यले दिएको यो आश्वासन दिनु भएको हो ।

निषेधाज्ञा महानगरमा मात्र हैन, उपत्यकाका कुनै पनि नगरपालिकामा कोही पनि मान्छे भोकै बस्न नपर्ने ठोकुवा उहाँ गर्दै हुनुहुन्छ । दोश्रो पटक निषेधाज्ञा थपिएसँगै नागरिक भोकभोकै पर्न थालेका छन् । सरकारी निकायबाट कुनै पनि सहयोग नपाएका गरिब नागरिक आँसु पिएर बाँच्न बाध्य छन् ।

तर निषेधाज्ञाको अघिल्लो दिन भोकै पर्न नदिने मेयर साबको ध्यान यी आँसु तिर छैन । उहाँको ध्यान कता रहेछ अब त्यो हेर्नुहोस् । यो शनिबारको दृश्य हो । काठमाडौं रानीपोखरीको । यहाँ मेयर साब शहरी विकास राज्यमन्त्रीसँगै रानीपोखरीको निरीक्षणमा हुनुहुन्छ ।

भूकम्पमा भत्किएको रानीपोखरी पुनर्निर्माण अहिले अन्तिम चरणमा छ । लकडाउनमा पनि काम जारी राखेर पोखरीमा अहिले पानी जमाइएको छ । यो धेरै राम्रो हो । तर अहिले राज्यमन्त्री र मेयर साब रानीपोखरीमा जमेको पानी हेरेर रमाउने बेला हो की यी गरिब मजदुरको आँसु पुछ्ने बेला हो ? गरिब नागरिकको भोक मेटाउने जिम्मा स्थानीय सरकारले नै पाएको छ हैन ?

लामो लकडाउनका बेला पनि गरिव मजदुरको विचल्ली भएको थियो । उनीहरु रुँदै सडकमा सयौं किलोमिटर पैदल हिँडेका दृष्यले यी जनप्रतिनिधिको बुद्धी फिरेको छ कि भन्ने धेरैलाई लागेको थियो । तर त्यस्तो देखिएन । उनीहरु पहिले जस्तो थिए अहिले पनि त्यस्तै छन् ।

गरिबको निभेको चुल्हो बाल्न यिनीहरुले न त कुनै प्रयास गरेका छन् न त कुनै योजना बनाएका छन् । आफैले जिताएका जनप्रतिनिधिको यस्तो व्यवहार आम नागरिकका लागि बिडम्वनापूर्ण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *