Main News

कोरोना संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ १० गते १२:४७
कोरोना संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु

१० भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ ।

मोरङको विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकाकी ४४ वर्षीया महिला र महोत्तरीका ६० वर्षीय एक पुरुषको विराटगनरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत बाराका दुई जना पुरुषको पनि मृत्यु भएको हो । मृतक कलैया उपमहानगरपालिका र विश्रामपुर गाउँपालिकाका हुन् ।

काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति उपचारकै क्रममा पाटन अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरको विज्ञप्तिमा उल्लेख छ । उनी गएको साउन २३ गतेदेखि अस्पतालमा उपचाररत थिए ।

काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाको उपचार गराइरहेका भक्तपुर सूर्यविनायकका ५५ वर्षीय पुरुषको गएराति निधन भएको हो। तीन दिन अघि अस्पताल भर्ना भएका उनलाई परिक्षणको क्रममा संक्रमण देखिएको थियो।

त्यस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा एक जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। मृतक गोदावरी नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय पुरुष हुन् ।

नेपालगन्ज निवासी ३७ बर्षका पुरुषको कोहलपुर मेडिकल कलेजको उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *