Main News

पर्सा र रुपन्देहीमा थप एकएक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ ९ गते १२:५०
पर्सा र रुपन्देहीमा थप एकएक जना कोरोना संक्रमितको मृत्यु

९ भदौ, २०७७, काठमाडौं । पर्सा र रुपन्देहीमा थप एक–एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । पर्साको कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको सोमबार बेलुकी पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । सुपौली घर भएका उनलाई आइतबार राति गण्डकमा भर्ना गरिएको थियो ।

त्यसको केही घण्टामै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा पुगेका उनलाई आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । एक्सरे गरेर हर्दा निमोनिया देखिएपछि गण्डकमा रिफर गरिएको थियो ।

त्यसैगरी रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

उनको गएराति भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी जानकारी दिनुभयो ।

एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दवाव दिएकाले उनलाई भीम अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताएका छन् । मृतकको शव अहिले भीम अस्पतालमै छ । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *