ओलीकै नेतृत्वमा नेकपा विसर्जन हुने पूर्व प्रम भट्टराईको दाबी
८ भदौ, २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले केपी शर्मा ओलीकै नेतृत्वमा सत्तारुढ नेकपा विसर्जन हुने दाबी गर्नुभएको छ ।
ट्वीटरमार्फत भट्टराईले नेकपाको भविष्य माथि प्रश्न उठाउनुभएको हो । कुनै बस्तुको विकास र विनासको प्रमुख कारण आफै भित्र हुन्छ भन्ने मार्क्सवादी मान्यता अनुसार ओलीकै कारण नेकपा बिसर्जन हुने भट्टराईको तर्क छ ।
नेकपालाई क्रान्तिकारी गुदी र ऊर्जा सिद्धिसकेको निर्जीव भुसको थैलोको संज्ञा दिँदै भट्टराईले यसबाट केही उम्रन्छ भनेर आशा गर्नु नै मूर्खता हो भन्नुभएको छ ।
कुनै वस्तुको विकास र विनासको प्रमुख कारण आफैभित्र हुन्छ भन्ने मार्क्सीय चिन्तनपद्धतिलाई मान्ने हो भने‘नेकपा’ क्रान्तिकारी गुदी/उर्जा सिद्धिसकेको निर्जीव भुसको थैलो मात्र हो!यसबाट केही उम्रन्छ भनेर आशा गर्नु आफ्नै मूर्खता हो।यसको विसर्जन ओलीकै नेतृत्वमा हुनु स्वाभाविक हो!किन गनगन? https://t.co/9irpTl3T5J
— Baburam Bhattarai (@brb1954) August 24, 2020
प्रतिक्रिया