Main News

विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ ८ गते ९:१५
विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

८ भदौ, २०७७, विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर– ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

भदौ चार गते स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो ।

मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन । योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ । विराटनगरको वडा नम्बर ९ र १० मा २–२ जनाको मृत्यु भएको छ ।

वडा नम्बर १० का मृतकमध्ये एक जनाको स्थायी ठेगाना कटहरी गाउँपालिका हो । त्यस्तै विराटनगर महानगरपालिकाका २, ३, ५, ६ र १५ नम्बर वडामा एक–एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *