Main News

पर्साको वीरगञ्जमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ ७ गते १२:३९
पर्साको वीरगञ्जमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

७ भदौ, २०७७, पर्सा । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ की ५६ वर्षीया संक्रमित महिलाको हिजो बेलुकी मृत्यु भएको हो । गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कोभिड अस्पतालको आइसियूमा गत साउन २४ गतेदेखि उपचाररत उनको स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

ज्वरोका साथै खोकी र श्वास प्रश्वासमा समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ गते संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ मै उनलाई कोभिड अस्पतालको आइसीयूमामा भर्ना गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *