Main News

पाटन अस्पतालमा दुई र बुटवलमा थप एकसहित तीन जना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ ५ गते १२:४५
पाटन अस्पतालमा दुई र बुटवलमा थप एकसहित तीन जना संक्रमितको मृत्यु

५ भदौं, २०७७ काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचारमा क्रममा थप दुईसहित ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत एक पुरुष र एक जना महिलाको विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। अस्पतालमा उपचार गराइरहेकी दोलखा निवासी ३० वर्षीया महिलाको उपचारको क्रममा आज विहान मृत्यु भएको छ। कोरोना संक्रमित उनी गएको यही भदौ २ गतेदेखि अस्पतालमा उपचाररत थिइन् ।

यस्तै गएको साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाही मलंगवाका ४६ वर्षीय पुरुषको पनि आज ज्यान गएको छ । कोरोना संक्रमित उनको गएको साउन ३१ गतेदेखि अस्पतालमा उपचार भइरहेको थियो ।

त्यसैगरी बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको हो । यही भदौ १ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

भारतबाट रोजगारी गरेर फर्किएका उनी नगरपालिकाको क्वारेन्टिनमा बसेका थिए । स्वाबको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि प्यूठानमै उपचार भइरहेकामा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवल ल्याइएको थियो ।

मृतक गौतममा मधुमेह र उच्च रक्तचापको समस्यासमेत थियो । उपचारकै क्रममा गौतमलाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ । योसँगै बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु हुने संख्या तीन पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *