Main News

लिदी पहिरोमा बेपत्तामध्ये थप तीन जनाको शव फेला, मृत्यु हुनेको संख्या २८ पुग्यो

हिमालय टिभी
२०७७ भदौ ४ गते ९:१४
लिदी पहिरोमा बेपत्तामध्ये थप तीन जनाको शव फेला, मृत्यु हुनेको संख्या २८ पुग्यो

४ भदौ, २०७७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरामा पुरिएर बेपत्ता भएकामध्ये आज थप तीनको शव फेला परेको छ।

यो सँगै लिदी पहिरोमा पुरिएर मृत्युभएका २८ जनाको शव फेला परेको छ । पहिरोमा पुरिएका ३९ मध्ये २८ जनाको शब फेलापरेको र बेपत्ता ११ जनाको शव खोजि कार्य जारी रहेको गाउँपालिका उपाध्यक्ष सृजना तामाङले जानकारी दिनुभयो ।

आज बिहान एक बालक र दुई महिलाको शव फेला परेको उपाध्यक्ष तामाङले जानकारी दिनुभयो । आज पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो।

हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिमा मात्रै छन्। पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जनासहित स्थानीयवासी जुटेका छन्।

सडक नभएकाले घरेलु औजारको प्रयोगमा शब खोजि गरिएकाले शब फेला पर्न ढिलाई भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *