Main News

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ ३ गते १९:२०
कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

३ भदौं, २०७७, पर्सा । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका रेशमकोठीकी कोरोना संक्रमित ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएर ४ दिनदेखि निजी अस्पतालमा उपचार गराइरहेकी उनलाई भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो सवा ४ बजे उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *