Main News

दैलेखको गैरागाउँमा पहिरोले बगायो सात घर, एक जनाको मृत्यु, एक जना बेपत्ता

हिमालय टिभी
२०७७ भदौ ३ गते १६:५६
दैलेखको गैरागाउँमा पहिरोले बगायो सात घर, एक जनाको मृत्यु, एक जना बेपत्ता

३ भदौं, २०७७, दैलेख । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका गैरागाउँमा पहिरोले सात घर बगाएको छ । त्यहाँ एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

ठाटीकाँध –४ का १२ वर्षीय जनक कठायतको मृत्यु भएको छ । मृतकका बुबा टीका, आमा धनसरा, दिदी बेल र दाजु शम्शेर घाइते भएका छन् । ११ वर्षीय लोकेश हराएका छन् ।

दैलेखकै भगवतीमाई गाउँपालिका कट्टीमा पहिरोले घर पुर्दा ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सल्यानको बनगार्ड ५ नाथेखोलामा आएको बाढिले बगाएर दोलखाका दिलिप केसी बेपत्ता भएका छन् । उनी मजदुरीको लागि सल्यान पुगेका थिए ।

बाजुराको छेडेदह गाउँपालिका बनगाडा लेक पहिरोमा पुरीएर तीन वर्षीया बालिका स्वामीका बुढा र बुढीनन्दा नगरपालिकामा ७५ वर्षीया झीनु लुवारको बाढीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी ६० वर्षीया नन्दा बुढा र ५ वर्षीया बिनीता बुढा घाइते हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *