Main News

अछाममा कैलास खोलाले बगाउँदा ६ जनाको मृत्यु, १७ जना बेपत्ता

हिमालय टिभी
२०७७ भदौ ३ गते १२:०७
अछाममा कैलास खोलाले बगाउँदा ६ जनाको मृत्यु, १७ जना बेपत्ता

३ भदौं, २०७७ अछाम । अछाममा कैलास खोलामा आएको बाढीले १६ घर बगाउँदा ६ जनाको मृत्यु भएको छ । १७ जना हराइरहेका छन् ।

रामारोशन गाउँपालिका वडा नम्वर ५ स्थित कैलास खोलामा आएको बाढीले वस्ती नै बगाएको हो । अहिलेसम्म ६ जनालाई मृत अवस्थामा फेला पारिएको र १७ जना हराइरहेको गाउँपालिका अध्यक्ष झंकर बहादुर साउँदले जानकारी दिनुभयो ।

मृतकको सनाखत भएको छैन । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्‍याएको छ । बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिकाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका लमतणा र सेरीमा भेटिएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । स्थानीय प्रशासनले घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइदिन प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *