पाटन अस्पताल र मोरङमा थप एक/एक जना कोरोना संक्रमितको मृत्यु

३ भदौ, २०७७ काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचारमा क्रममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचार गराइरहेकी भक्तपुर निवासी एक ६१ वर्षीय महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। कोरोना संक्रमित उनी गएको साउन २१ गतेदेखि अस्पतालमा उपचाररत थिइन् ।
त्यसैगरी मोरङको बुढीगंगा–२ निवासी ६७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
मंगलबार बिहान २ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएको बृद्धाको साँझ मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएपछि कोरोनाको लक्षण देखिएकोले वीपीमा समेत पीसीआर परीक्षण गरिएको हो ।
कोशीको रिपोर्टका आधारमा आकस्मिक कक्षमा भर्ना लिएर उपचार भई रहेकी ती महिलामा उच्च ज्वरो, निमोनिया र मुटुको समेत समस्या देखिएको थियो । स्वास्थ्य गम्भीर बन्दै गएपछि वीपीमा लगेर भर्ना गरिएको थियो ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि प्रतिष्ठानमा गरिएको स्वाव परिक्षणमा कोरोना पृष्टि भएको थियो।
मृतक महिलाको साउन २७ गते स्वाब संकलन गरेर कोशीमा पीसीआर परीक्षण गर्दा नेगेटिभ आएपछि घरपरिवार तथा नातागोता समेतले स्याहार र सुसाहर गरेर बसेका थिए । योसँगै मोरङमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
प्रतिक्रिया