Main News

नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्यो

हिमालय टिभी
२०७७ भदौ २ गते १६:५०
नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्यो

२ भदौं, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १ सय १४ पुगेको छ ।

नेपाली कांग्रेसका नवलपरासी पश्चिमका उपसभापतिसहित कास्की, काभ्रे, मोरङ र धनुषाका ६ जना पुरुष तथा तनहुँका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा पश्चिम नवलपरासीका कांग्रेस उपसभापति सुवाशचन्द्र गिरीको आज विहान मृत्यु भएको छ। संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट गत साउन ३० गते उहाँलाई पाटन अस्पताल ल्याइएको थियो ।

त्यस्तै कोरोना संक्रमणबाट कास्की र तनहुँका दुई जनाको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर १६ का ८७ वर्षीय वृद्धको कोभिड उपचार केन्द्रमा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै कोरोना संक्रमित तनहुँकी ५० वर्षीया महिलाको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनी गत साउन २१ गते अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै काभ्रेको धुलिखेल नगरपालिका वडा नम्वर ७ का ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका उनमा गत साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ५ का ६२ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

उनी कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि गएको साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । पछि उनमा संक्रमण पुष्टि भएको थियो । यस्तै मोरङ र धनुषामा पनि हिजो एक(एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *