Main News

बाँकेको नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २ गते ८:३२
बाँकेको नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु

२ भदौं, २०७७, बाँके । बाँकेको नेपालगञ्जमा एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक नेपालगञ्ज उपमहानगरपालिका(५ का पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी गएको साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । हिजो दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

फोक्सोमा निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि गएराति उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *