Main News

धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ १ गते १६:४९
धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु

१ भदौ, २०७७, धनुषा । धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

धनौजी गाउँपालिका–३ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरिटेंडेंट डाक्टर जामुन सिंहर्ले जानकारी दिनुभयो ।

मृतक पुरुषमा रुघाखोकीसहितका कोरोनाका लक्षण देखिएपछि उनलाई साउन ३१ गते शनिबारका दिन प्रादेशिक अस्पताल अन्तर्गत रहेको कोभिड अस्पताल भर्ना गरिएको थियो ।

उनको पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको आज मृत्यु भएको अस्पतालका निमित्त मेसु डाक्टर सिंहले बताउनुभयो ।

मृतक पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *