Main News

पर्सामा चार चिकित्सकसहित ७६ जना कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ १ गते ८:११
पर्सामा चार चिकित्सकसहित ७६ जना कोरोना संक्रमित थपिए

१ भदौं, २०७७ पर्सा । पर्सामा ४ चिकित्सक र १९ महिलासहित ७६ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा ७ वर्षिय बालकदेखि ८१ वर्षका वृद्धसम्म रहेका छन् । समुदायगत रूपमा फैलिएको कोरोना संक्रमण पर्साको ग्रामीण भेगमा अझै धेरै फैलिएको चिकित्सकहरूले बताएको छ ।

नारायणी अस्पतालको पीसीआर ल्याबले पोखरिया नगरपालिकाको पोखरिया अस्पतालमा गरेको स्वाब टेष्टमा ३ जना चिकित्सक र ८ जना महिला गरी ३३ जना संक्रमित थपिएका छन् ।

संक्रमित मध्ये मेयर मन्टु रौनियार सहित उनका परिवारका सदस्यहरू समेत रहेको उनले जानकारी गराएको छ । यसैगरी जिल्ला कै ग्रामीण भेगमा पर्ने जगरनाथपुर गाँउपालिकाका १५ जना पुरूष संक्रमित फेला परेका छन् ।

नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहका अनुसार वीरगंज महानगरपालिकाको त्रिजुद्ध माध्यमिक विधालयमा गरिएको स्वाब टेष्टमा १ जना चिकित्सक र ११ जना महिला सहित २८ जना संक्रमित फेला परेको हो ।

संक्रमितमध्ये कतिपय कन्ट्याक्ट् ट्रेसिङ्गका अधारमा संक्रमित फेला परेका छन् । पर्सा सहित बारा जिल्लामा समेत कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

नारायणी अस्पतालको पीसीआर ल्याबले कलैया अस्पतालको आइशोलेसनमा गरेको स्वाब संकलनमा ३ महिलासहित १३ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *