३२ साउन, २०७७, काठमाडौं । पाटन अस्पताल, ललितपुरमा एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।
विगत १२ दिनदेखि अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको केही समय अगाडि मृत्यु भएको अस्पतालले जनाएको छ।
गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।