Main News
कालिकोटमा खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु
२०७७ साउन ३२ गते १९:०८

३२ साउन, २०७७, कालिकोट । दुदुली खोलाले बगाएर कालिकोटमा एकैपरिवारका चारजना बेपत्ता भएका छन् ।
कालीकोटको नरहरिनाथ गाउँपालिका– ७ माल्कोट उच्छवमा दुदुली खोला तर्ने क्रममा एकैपरिवारका चारजनालाई बाढीले बगाएको हो ।
अछामको रामारोसन गाउँपालिकाबाट कालिकोटको नरहरिनाथ गाउँपालिका– ७ माल्कोट माइती आएकी ३३ वर्षीया देवा बोहरा, उहाँकी १४ वर्षीया छोरी विपना, ७ वर्षीय छोरा हेमन्त र एक वर्षीया छोरी आकृतिलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया