Main News

प्रदेश १ मा थप एक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ साउन ३२ गते १२:४५
प्रदेश १ मा थप एक जना कोरोना संक्रमितको मृत्यु

३२ साउन, २०७७, सुनसरी । प्रदेश १ मा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

विराटनगरकी एक ५० वर्षीया महिलाको गएराती मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार विराटनगर महानगर २ की उनलाई ४, ५ दिनदेखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण न्यूरो अस्पताल विराटनगरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरेको थियो ।

गएराती साढे ११ बजे अस्पतालमा भर्ना गरिएकी उनको साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

ती महिला फोक्सो, थाइराइड र मुटुको बिरामी रहेको र भारतमा उपचार गराइरहेको डाक्टर सापकोटाले जानकारी दिनुभयो । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *