पर्सामा दुई दिनमा ७० जना कोरोना संक्रमित डिस्चार्ज भए

३२ साउन, २०७७, पर्सा । वीरगन्जमा कोरोनालाई जितेर दुई दिनमा ७० जना संक्रमित कोभिड अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोनाले आक्रान्त बनेको वीरगन्जमा पछिल्लो समय संक्रमितको संख्या दैनिक थपिँदै गए पनि दुई दिनमा ७० जना डिस्चार्ज भएका हुन्।
वीरगन्जमा रहेका वीरगन्ज हेल्थ केयर र गण्डक अस्थायी कोभिड अस्पतालबाट शुक्रबार साँझ र शनिबार साँझ गरेर ७० जना डिस्चार्ज भएका हुन्।
वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालबाट शनिबार साँझ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसीया, वीरगन्ज कारगारका प्रमुख श्रवण पाखरेल, वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुसहित ३४ जनालाइ डिस्चार्ज गरिएको अस्पतालका सन्चालक डाक्टर अबुल हैश अन्सारीले जानकारी दिनुभयो।
शनिबार साँझ ८ देखि ६५ वर्ष उमेर समूहका ७ महिला र २७ पुरुष गरेर ३४ जना डिस्चार्ज भएको अन्सारीले बताए। ती मध्ये डायलासिस उपचार सेवा लिइरहेका दुई मिर्गौला रोगी महिला पनि रहेको अन्सारीले जानकारी दिनुभयो।
शनिबार साँझ डिस्चार्ज भएका ३४ मध्ये पर्सा घर भएका ३२ जना हुन्। धादिङ घर भएका १ प्रहरी र झापा घर भएका वीरगन्ज कारागारका प्रमुख श्रवण पोखरेल रहेको डाक्टर अन्सारीले बताउनुभयो।
अन्सारीका अनुसार, कोभिड अस्पतालमा ल्याएर राखिएपछिको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएका ३४ जनालाइ शनिबार साँझ डिस्चार्ज गरिएको हो।
यसअघि शुक्रबार साँझ पनि वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालबाटै २८ संक्रमित डिस्चार्ज भएका थिए। शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुनेमा २७ जना पर्साका र १ जना बाराका थिए।
शुक्रबार साँझ नै गण्डकस्थित अर्को अस्थायी कोभिड अस्पतालबाट पनि ८ संक्रमित निको भएर डिस्चार्ज भएका थिए।
प्रतिक्रिया