Main News

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ साउन ३१ गते १९:२८
वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

३१ साउन, २०७७ काठमाडौं । वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज–२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

उनमा एकसातादेखि ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएको उनका परिवारजनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *