Main News
स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार रोक्न सरकारको आग्रह
२०७७ साउन ३१ गते १८:३५

३१ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएकोमा सरकारले आपत्ति जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई दुर्व्यबहार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । देशका विभिन्न स्थानमा चिकित्सकमाथि दुर्व्यवहार भएका खवर आइरहँदा मन्त्रालयले कारवाहीको चेतावनी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका चिकित्सकको सम्मान गर्न आग्रह गर्नुभएको छ ।
कोरोना संक्रमणमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कतिपय ठाउँमा दुर्व्यबहार भएका छन । वीरगञ्जमा केहीदिन अघि चिकित्सकमाथि हातपात समेत गरिएको थियो ।
प्रतिक्रिया