Main News

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ साउन ३१ गते ७:४७
वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

३१ साउन, २०७७ पर्सा । वीरगञ्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा थप १ जना कोरोना संक्रमितको मृत्युु भएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली घर भएका ६० बर्षीय वृद्धको नारायणी अस्पताल अस्थायी विशेष कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा शुक्रबार बेलुका मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक उदय नारायण सिंहले जानकारी दिनुभयो ।

मृतक वृद्धको पीसीआर रिपोर्टमा साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै ज्वरो आएएपछि उनी नारायणी अस्पताल अस्थायी विशेष कोरोना अस्पताल गण्डकमा साउन २४ गते साँझ भर्ना भएका थिए ।

विगत ६ दिनदेखि उपचाररत उनको शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक सिंहले बताए । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । साउनमा मात्रै २२ जनाको मृत्यु भएको हो ।

वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २६ मध्ये पर्साका १९, बाराका ५, रौतहटका १ जना रहेका छन् । जेठ ३१ गते वीरगन्जको घण्टाघरमा बेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *